मच्छिन्द्र र श्रीलंकाको ब्लु स्टारको खेल दशरथ रंगशालामा

 एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ (एन्फा)ले जनाएको छ । एन्फाको अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । यसअनुसार मच्छिन्द्र एएफसी कप छनोटमा छनोट भएको हो । मच्छिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरेमा दोस्रो चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ । उक्त खेल चैत १२ गते हुनेछ ।

मच्छिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणको खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ । प्लेअफमा जित हात पार्ने टोलीले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ । समूह ‘डी’ भारतको गोकुलम केरला, बङ्गलादेशको बसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ ।


ताजा खबर