खेलकुद परिषद्को कार्यकारी सदस्य सचिवमा पोखरेल

सरकारले राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी सदस्य सचिवको रुपमा कमल प्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ ।

मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको प्रशासनिक तथा आर्थिक अधिकार सहितको जिम्मेवारी मन्त्रालयका सह–सचिव पोखरेललाई दिनुभएको हो ।

मन्त्रीपरिषद्को बैठकले राखेपको सदस्य सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्को अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय अनुसार सदस्य सचिवको अनुपस्थितिमा पोखरेललाई प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर