थप १ हजार ५७० जनामा कोरोना पुष्टि : १३ को मृत्यु

देशभर थप १ हजार ५ सय ७०  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

७ हजार ८ सय ७४ वटा नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार २२ जनामा र ३ हजार ४ सय ९१ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा ५ सय ४८ गरी जम्मा १ हजार ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख २ हजार २ सय ५९ पुगेको छ ।

त्यस्तै देशभर ६ हजार १ सय ४६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ९ लाख १५ हजार ४ सय ८९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेको दर ९४.६ प्रतिशत पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ८ सय २७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

हालसम्म देशभरि ४० हजार १ सय ११ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर १ लाख ७८ हजार ५ सय  ७९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 


ताजा खबर