प्रधानमन्त्री देउवा, ओली र दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता सुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खरै उहाँहरू बीचको भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । 

भेटमा उहाँहरू बीच अमेरिकी सहयोग (एमसीसी), स्थानीय निर्वाचन,  संसद् सञ्चालन लगायतका समसामयिक विषयमा छलफल हुने प्रेस संयोजक  परियारले बताउनुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्छ ।


ताजा खबर