विश्व वैज्ञानिक वरियतामा त्रिविका २१ प्राध्यापक

एडि साइन्टिफिक इन्डेक्सले सार्वजनिक गरेको ‘विश्व वैज्ञानिक र विश्वविद्यालय वरियता २०२२’ को नतिजामा त्रिभुवन विश्वविद्यालयका २१ प्राध्यापक सूचीकृत हुनुभएको छ ।

वरियता क्रमको पहिलो स्थानमा नानो साइन्स र नानो प्रविधिका प्राध्यापक हेमराज पन्त हुनुहुन्छ । उहाँको लेख रचना साइटेशनको आधारमा गरिएको मूल्याङ्कनमा नेपालको पहिलो, एसियाको ११ हजार ५१ औँ र विश्व वरियतामा ८२ हजार ९ औँ स्थानमा रहेको छ । 

वरियतामा दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमशः मेडिकल हेल्थ साइन्सका प्राध्यापक रञ्जित साह र प्राध्यापक खेमबहादुर कार्की, इन्जिनियरिङ र प्रविधि अन्तर्गतको वातावरणीय विज्ञान र प्रविधिका प्राध्यापक रामकुमार शर्मा तथा कम्प्युटर विज्ञानका प्राध्यापक सुवर्ण शाक्य रहनुभएको छ । 

त्यसैगरी, छैटौँ नम्बरमा महिला वैज्ञानिक सिभिल इन्जिनियर मीनु श्रेष्ठ तथा अन्य प्राध्यापकहरूमा इनर्जि इन्जिनियरिङका अजय कुमार झा, वातावरण विज्ञान र इन्जिनियरिङका नरेन्द्र मान शाक्य, मेडिकल हेल्थ साइन्सका विनोद कुमार यादव र अमोद पौड्याल, कृषि र वन विज्ञान अन्तर्गत वन विज्ञान अध्ययन संस्थानका प्रा.डा. ऋदिश कुमार पोख्रेल, मेकानिकल इन्जिनियरिङका त्रिरत्न बज्राचार्य, मेडिकल तथा हेल्थ साइन्सका योगेन्द्र प्रसाद सिंह, बायो मेडिकल इन्जिनियरिङका नारायण प्रसाद पराजुली, व्यापार र व्यवस्थापन अन्तर्गत सार्वजनिक प्रशासनका राजन पौडेल, न्युटिङशनका चिकित्सक प्रनिल मान सिंह प्रधान, फिजिक्सका भद्र पोख्रेल, इन्जिनियरिङका वसन्तराज अधिकारी, चिकित्सक विष्णुप्रसाद चौलागाँई, इनर्जि इन्जिनियरिङका श्रीराज शाक्य तथा कृषि र वन विज्ञान अन्तरगत कृषि वैज्ञानिक पुष्प पौडेल हुनुहुन्छ । –रासस


ताजा खबर