मोरिससविरुद्धको दोस्रो खेल पनि नेपालले १-० ले जित्यो

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हराउँदै विजयी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालको तर्फबाट सुजल श्रेष्ठले १ गोल गरेसँगै नेपाल विजयी बन्यो। 

मोरिससले बराबरी गर्ने अवसर पाए पनि गोल गर्न नसक्दा नेपालले जितेको हो । नेपालका दिनेश राजवंशीले फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो । तर, मोरिससले पेनाल्टी प्रहारमा गोल गर्न सकेन । नेपालका कप्तान किरण चेम्जोङले  पेनाल्टी प्रहार रोक्न सफल भएका थिए।

योसँगै नेपालले मोरिससविरुद्धको दुवै मैत्रीपूर्ण खेल जित्न सफल भएको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–० ले जितेको थियो । 


ताजा खबर