६ हजार ८ सय २७ संक्रमित थपिए : १० जनाको मृत्यु

आज देशभर ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९ हजार ८ सय ६९ नमुनाको परिक्षण गर्दा ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज १० वर्ष मुनीका ९३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका १ हजार ४ सय ५७ जना संक्रमित भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समूहका १ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा ५ हजार ४ सय ३२ जना कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन् ।

आज थप १० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ९७ पुगेको छ ।

देशभरका होम तथा संस्थागत आइसोलेसनमा ८९ हजार ९ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर