नेकपा सचिवालय बैठक सकियो : यस्ता भए निर्णय

सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता अमृतकुमार बोहोरालाई अनुशासन आयोगको अध्यक्ष तोकेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको बैठकले पार्टी नेता बोहोरालाई आयोगको नेतृत्व सुम्पेको हो । आयोगको सचिवमा नेता अशोक रोकायाले जिम्मेवारी पाउनुभएको छ ।

सचिवालय बैठकले जेष्ठ नागरिक मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइँ र सचिव गोविन्द ज्ञवाली रहने निर्णय गरेको छ । त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेल तथा सचिवको जिम्मेवारी लेखनाथ आचार्यलाई दिइएको छ । निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल तथा सल्लाहकार कमिटीको अध्यक्षमा केशब बडाल र सचिवमा नन्दकुमार थापा चयन हुनुभएको छ ।

बैठकमा प्रधानमन्त्रीले सरकारको कामलाई चुस्त बनाउने विषयमा पनि परामर्श गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । यसैगरी बैठकमा भारतसँगको सीमाविवादमा सरकार संवेनशील रहेकोबारे प्रधानमनत्रीले ब्रिफिङ गर्नुभएको छ ।

रासस


ताजा खबर