राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा.बलराम पाठक

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो । यसअघि बैंक सञ्चालक समितिको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
पाठकसँग राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकको रुपमा कार्य गरेको अनुभव छ ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्रलगायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।


ताजा खबर