स्थानीय तहको चुनाव धकेल्ने निर्णय अस्वीकार्यः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन पछाडि धकेल्ने कुनै पनि निर्णय आफूहरुलाई स्वीकार्य नहुने बताउनु भएको छ ।

अध्यक्ष ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दे निर्धारित समयमै निर्वाचन हुनु पर्नेमा स्पष्ट पार्नु भएको छ । स्थानीय तहको चुनाव सार्ने मनासयले सरकारले बैशाखमै प्रतिनिधिसभाको चुनावको प्रचार गरिरहेको आरोप पनि लगाउनु भयो ।

८ पृष्ठ लामो वक्तव्यमा अध्यक्ष ओलीले वर्तमान सरकारको ६ महिने कार्याकलमा देश संकट तर्फ धकेलिएको, शक्ति पृथकिकरणकर र राज्यका अंगहरुबीचको सन्तुलन विग्रीएको, अर्थतन्त्रमा नराम्रा संकेतहरु देखिएको उल्लेख गर्नु भएको छ ।

देशको वाह्य सम्बन्ध र शान्ति सुरक्षको अवस्था लगाएतका क्षेत्रमा प्रमुख पक्षहरु गम्भीर समस्यामा परेको, कोरोना विरुद्धको प्रतिकार्य विथोलिएको र व्यापार घाटा गहिरिएको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।


ताजा खबर