पश्चिमी वायु प्रभावले वर्षा र हिमपात : सोमबारसम्म चिसो बढ्ने

देशभर सक्रिय रहेको पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी सोमबार पछि मात्रै मौसममा पूर्ण सुधार आउने, वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने सक्ने हुनाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा आज राती र भोलि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।


ताजा खबर