थप १० हजार २ सय ५४ जनामा कोरोना पुष्टि : १६ को मृत्यु

आज देशभर १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१४ हजार ४ सय ६२ नमूना पिसिआर परिक्षण गर्दा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ नमूना एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकामा मात्रै ५ हजार तीन सय ६ संक्रमित थपिएका हुन् काठमाडौँमा ३ हजार ७ सय ६२, ललितपुरमा १ हजार १ सय १० र भक्तपुरमा चार सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज ७ सय ८ जना संक्रमित निको भएका छन् भने संक्रमित १६ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७२ हजार आठ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, देशभरका १५ जिल्ला कोरोना सङ्क्रमणको रेड जोनभित्र रहेका छन् ।

हाल काठमाडौँ उपत्यकासँगै मोरङ, सुनसरी, झापा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली जिल्ला खतराको सङ्केतभित्र परेका छन् ।

सरकारले ५ सय भन्दा बढी संक्रमित भएका क्षेत्र तथा जिल्लालाई रेड जोनका रुपमा तोक्ने गरेको छ ।


ताजा खबर