कोरोनाका कारण भिजिट भिसामा खाडी मुलुक जान रोक

सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण उच्च भएकाले खाडी मुलुकमा जान रोक लगाएको जानकारी गराएको हो ।

कोरोना संक्रमण बढेसँगै खाडी मुलुकमा पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको भन्दै भिजिट भिसामा त्यहाँ जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । अर्को आदेश नभएसम्म माघ १० गतेदेखि लागू हुनेगरी सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको विज्ञप्तिमा भनिएकाे छ । 


ताजा खबर