साउदी अरबले नेपालको फुटबल विकासमा सहयोग गर्ने

नेपालको फुटबल विकासका लागि साउदी अरबले सहयोग गर्नेभएको छ । नेपाली फुटबलको विभिन्न पक्षमा सहयोगसम्बन्धी सम्झौतापत्रमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र साउदी अरव फुटबल फेडेरेसन (साफ) का अध्यक्ष यासेर अलमिसेहालले आइतबार हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार साउदी अरवले दुई बर्षसम्म नेपाली फुटबलमा सहयोग गर्नेछ । सम्झौतामा दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आतिथ्य प्रदान गर्ने, दुई देशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना र विभिन्न उमेर समूह यू–१७, यू–२० र यू–२३ को प्रशिक्षणमा सहयोग आदानप्रदान, रेफ्री प्रशिक्षण, भीएआर प्रणाली, युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारलगायत कार्यक्रममा सहयोग हुने उल्लेख छ ।

एन्फा अध्यक्ष शेर्पा हाल साउदी अरबको भ्रमणमा हुनुहुन्छ । शेर्पाले साउदीमा नेपाली फुटबलको विकासका लागि एसियाली फुटब महासङ्घ (एएफसी) का महासचिव दातो विन्डसर जोन र सहमहासचिव वाहिद कर्दनीसँग पनि भेटवार्ता गर्नुभएको एन्फाले जनाएको छ । –रासस


ताजा खबर