आज देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना पुष्टि

आज देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१४ हजार १४ नमूना पिसिआर परिक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ नमूना एन्टीजेन परिक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय एक गरी काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज ५ सय ४७ जना संक्रमित निको भएका छन् भने संक्रमित ३ जनाको मृत्यु भएको छ ।

हाल देशभर ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।


ताजा खबर