४,६३६ जनामा कोरोना पुष्टि : संक्रमित ४ जनाको मृत्यु

आज देशभर ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज १० हजार ४ सय १२ नमूनाको पिसिआर परिक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ नमूना एन्टीजेन परीक्षणबाट ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ३ सय ५० संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर २१ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै आज देशभर ४ लाख ३५ हजार एक सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


ताजा खबर