नेपालमा आज थप ३ हजार ५ सय ५३ जनामा कोरोना पुष्टि

नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । 

देशभरि आज ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधवार ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

आज १५ हजार ८१ नमुनाको परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज १० वर्ष मुनीका ६४ जना बालबालिका र ११ देखि २० वर्ष मुनीका २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षका ९ सय ६० जना रहेको मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको संक्रमण दर बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ४० पुगेको छ । 

यही पुस २४ गते ७ दशमलव १ प्रतिशत संक्रमण दर भएकोमा पाँच दिनपछि आज २३ दशमलव ६ प्रतिशत संक्रमण दर रहेको मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा २ सय ७१ जना सङ्क्रमणमुक्त भएका छन् । आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । 

यसैगरी, आज कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या ३ लाख ५६ हजार ४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १८ वर्ष माथिका दुवै मात्रा खोप लगाउनेको सङ्ख्या ५८ दशमलव ७ प्रतिशत रहेको छ । 

No photo description available.

ताजा खबर