आज हजार जना भन्दा बढीमा कोरोना पुष्टि

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । 

अघिल्लो भन्दा यो हप्ता कोरोना सङ्क्रमितको अस्पताल भर्ना दर दोब्बर सङ्ख्यामा वृद्धि भएको कोभिड–१९ युनिफाइड अस्पतालका प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

प्रा.डा. बस्नेतले केन्द्र तथा प्रदेशका सबै कोभिड अस्पतालहरूमा कोरोना संक्रमित सङ्ख्या बढेको हुँदा सबै युनिफाइड कोभिड अस्पतालहरूमा आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।  

यस्तै, गत असोज महिनायता सयको दर झरेको संक्रमित सङ्ख्या आज बढेर १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ८ हजार ८ सय ४८ नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ नमुना एन्टीजेन परीक्षणबाट ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज संक्रमित २ सय २४ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ । 


ताजा खबर