नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे तेस्रोपटक विजयी : महासचिवमा दीपकराज भट्ट चुनिए

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे तेस्रोपटक विजयी भएका छन् । शुक्रबारदेखि सुरु भएको सातौ महाधिवेशनमा तेस्रो कार्यकालका लागि मैदानमा उत्रिएका घिमिरेले प्रतिस्पर्धी ओम उपाध्याय भन्दा ११४ मत बढी ल्याएर विजयी भए ।

घिमिरेको ३३१ मत र उपाध्यायको २१७ मत पाए । त्यसगरी संघको महासचिवमा दीपकराज भट्ट विजयी भए । कुल ५७२ मत खसेकोमध्ये भट्टले ३१९ मत पाए भने अर्का उमेदवार शंकर कडेँलले २२० मत मात्रै पाएका थिए । बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २६२ मत पाएर विजयी भएका छन् । खुल्ला उपाध्यक्षमा देवाराज लामिछाने निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा सुरेश पासवान विजयी भए ।

त्यसैगरी संघको महिला उपाध्यक्षमा रमिला चौलागाईँ, सरकारीतर्फ उपाध्यक्षमा किरण ओली, निजी तर्फ उपाध्यक्षमा साहिला गिरी निर्वाचित भए ।
७७५ मत रहेको संघमा ५७२ मत खसेको थियो । देशभर १६ हजारभन्दा बढी सदस्य रहेको कांग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघले आज नयाँ कार्यसमिति पूर्णता पाएको छ । घिमिरे दुई कार्यकालको ८ वर्ष र अतिरिक्त २ वर्ष गरी १० वर्षदेखि संघको नेतृत्वमा छन् ।

उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । अर्का प्रत्याशी उपाध्यायलाई देउवाइतर खेमाको उम्मेदवारका रुपमा हेरिएको छ । उनलाई समर्थन गर्दै अध्यक्षका अन्य दुई दाबेदार कृष्ण नागिला र धनप्रसाद पौडेल पछि हटेका थिए ।२ वर्ष ढिलो गरी भएको महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि ५७२ प्रतिनिधिले शुक्रबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म मतदान गरेका थिए । महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधिको सहभागिता रहे पनि मत भने केही कम खसेको थियो । प्रतिनिधिले नयाँ कार्यसमितिअन्तर्गत कुल ८४ पदका लागि निर्वाचन गरेका हुन् ।

सफल नेपाल

ताजा खबर