माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता प्रकाशलाई कोरोना

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे। उहाँ आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको र स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ।

यो बीचमा उहाँको सम्पर्कमा रहनुभएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । 

पुस २५ गते हुने भनिएकाे केन्द्रीय समितिकाे बैठक माघ ८ गतेसम्मकाे लागि स्थगित गरिएकाे छ ।

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पनि कोरोना पोजेटिभ पुष्टि

We will make this govt succeed at any cost - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

यस्तै, साेही पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएकाे छ । 

‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’  उहाँले सामाजिक सञ्जालमा जानकारी दिनुभएकाे हाे ।

स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पोजेटिभ

उहाँसँगै उहाँका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पोजेटिभ देखिएको छ । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई काेराेना पाेजेटिभ भएकाे प्रचण्डका प्रेस संयोजक सूर्य किरणले सफल नेपाललाई जानकारी दिनुभयाे ।


ताजा खबर