सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर

 गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको आज गृह मन्त्रालयमा आयोजित उद्घाटन कार्यक्रममा मन्त्री खाँणले गृह मन्त्रालय अरू मन्त्रालय जस्तो नभई चौबिसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेकाले एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको बताउनुभएको हो ।

मन्त्री खाँणले राष्ट्रसेवक कर्मचारीहरू जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने र जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिनुभयो ।


ताजा खबर