प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जानु हुने

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने हुनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको हो ।

गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो ।

प्रधानमन्त्ती देउवाले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

यसैबीच सरकारले भारतसँग मल खरिद गर्ने भएको छ । भारतबाट सरकारले जीटुजीमार्फत रासायनिक मल खरिद गर्ने लागेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणकै बेलामा मल खरिदसम्बन्धी सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ ।


ताजा खबर