नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल

नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाल तोकेको छ । उहाँले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ ।

उहाँ हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत हुनुहुन्छ । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ । हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।


ताजा खबर