डा.रिजाललाई स्वतन्त्रता गोल्डेन जुव्ली अवार्ड

वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल सम्मानित हुनुहुने भएको छ ।

बंगालादेशका राष्ट्रिय पिता शेख मुजिवन रहमानको शतवार्सिकी तथा बंगालादेश स्वतन्त्र भएको ५० वर्ष पुरा भएको अवसरमा बंगालादेश सरकारले डा. रिजाललाई सम्मानित गर्ने भएको हो ।  

डा. रिजालले बंगालादेशको स्वतन्त्रता दिवसको अवसरमा घोषणा भएको अवार्ड शनिबार प्रदान गरिने जानकारी दिँदै शुक्रबार अवार्डका लागि  बंगलादेश जाने बताउनुभयो ।

बंगलादेश सरकारले डा. रिजाललाई स्वतन्त्रता गोल्डेन जुव्ली अन्तराष्ट्रिय अवार्डका प्रदान गर्न लागेको हो ।  बंगलादेश सरकारले सम्मानकोलागि पठाएको पत्रमा स्वतन्त्रता (मुक्तिबाहिन) आन्दोलनमा अवार्ड प्रदान गरीएको उल्लेख छ ।

डा. रिजालले ११ वर्ष बंगालादेशमा बसेर एमविविएस र पोष्ट ग्राजुएट अध्ययन पुरा गर्नुभएको थियो । बंगालादेश (तत्कालीन पाकिस्तान) मा अध्यनरत रहँदै दुई देश छुट्टीएका थिए । ‘म अध्ययन गर्न जाँदा पाकिस्तान नै थियो डा. रिजालले भन्नुभयो ,‘हामी अध्ययन गर्दा गर्दै दुई देश छुटिएको हो ।’

नेपालको स्वास्थ्य उपचारमा लामो समयदेखि सेवारत डा. रिजाल स्त्री तथा प्रसुती विषयमा लामो समयदेखी स्थापित नाम हो । निजी क्षेत्रवाट अस्पताल ॐ को परिकल्पनाकार तथा नेपालमा निःसन्तान दम्पतिकालागि आइभिएफ सेवा शुरु गर्ने तथा विश्वस्तरिय स्त्री तथा प्रशुती सेवा नेपालमा शुरुगर्न उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।


ताजा खबर