२ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

आज देशभर २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

७ हजार ६ सय ८ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा २ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय ५३ जना सङ्क्रमित निको भएका छन्। हालसम्म ९८ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

सङ्क्रमणका कारण आज थप दुई जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९० पुगेको छ ।

१२ देखी १७ वर्ष उमेर समूहलाई केही दिन भित्रमै खोप अभियान सञ्चालन गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सचिव डा.रोशन पोखरेलले लक्षित समूहका लागि दिइने फाइजर खोपको आवश्यक सामग्री आइपुग्न ढिला भएको जानकारी दिनुहुँदै अबको १० दिन भित्रमै काठमाडौँ उपत्यका सहित बाँकी जिल्लामा खोप लगाउन सुरु गरिने जानकारी दिनुभयो । 


ताजा खबर