सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा बुधबार साँझ प्रकाशित सूचनामा जनाइएको छ । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।

