जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी ४० वर्षपछि नाफामा

सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्थापनाको ४० वर्षपछि नाफा आर्जनबाट बोनस बाँडेको छ । 

२०३८ सालमा स्थापना भएको यस कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट पहिलो पटक कामदार तथा कर्मचारीलाई बोनस बाँड्न सफल भएको हो ।    

महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार कम्पनीले २०७६/०७७ मा खुद नाफाबाट सात लाख रुपैयाँ बराबरको बोनस वितरण गरेको छ । 

कम्पनीले आव २०७७/७८ मा समेत एक करोड २२ लाख खुद नाफा कमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


ताजा खबर