आज देशभर २ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज देशभर २ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

९ हजार ६ सय ७७ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय ८३ सङ्क्रमित निको भएका छन् । हालसम्म ९८ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

सङ्क्रमण कारण आज थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८५ पुगेको छ ।

आज देशभर ७६ हजार ३ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 


ताजा खबर