नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई स्काउट एसोसिएसन अफ मलेशियाको बिशेष सम्मान

नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछाने स्काउट एसोसिएसन अफ मलेशियाले फ्रेण्डसिप अवर्ड वाट सम्मानित गरेको छ ।

लामिछानेले स्काउटिङ लिडरसिपमा एशिया प्रशान्त क्षेत्र तथा विश्व स्काउटमा पुर्याउनुभएको विशेष योगदानको कदर गर्दै मलेशिया स्काउटले संगठनको बिशेष पदक ( फ्रेण्डसिप अवर्ड ) ‘ प्रदान गरेको हो।

स्वदेश तथा विदेशमा स्काउटको भूमिकालाई प्रभावकारी बनाउन पुर्‍याएको योगदानको कदर गर्दै यो पदक प्रदान गरिएको हो। लामिछानेलाई राजधानी  क्वालालम्पुरमा आयोजित एक कार्यक्रममा पदकसहित सम्मान गरिएको समाचारमा जनाइएको छ ।

५५ वर्षदेखि स्काउटमा आवद्ध लामिछाने हाल विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रीय स्काउट संगठनको एवार्ड समितिको अध्यक्ष हुनुहुन्छ । नेपाल स्काउटको तल्लो तह (टेण्डरफुट) देखि सबै तह पार गर्दै प्रमुख आयुक्तसम्म पुग्ने उहाँ पहिलो नेपाली स्काउट हुनुहुन्छ ।

पर्वतमा जन्मिनुभएका लामिछाने २०२० सालदेखि स्काउटमा प्रबेश गर्नुभएको हो । ललितपुरको प्रमुख आयुक्त हुँदै सन् २००४ मा उहाँ नेपाल स्काउटको प्रमुख आयुक्त निर्वाचित हुनु भएको थियो ।

त्यस्तै सन् २००९ मा एशिया प्रशान्त क्षेत्रको कार्यकारी समितिको सदस्यमा निर्वाचित भई सन् २०१२ मा सोही समितिको प्रथम उपाध्यक्ष समेत बन्नु भएको थियो ।

स्मरणिय छ लामिछाने विश्व स्काउटको सर्बोच्च पदक ब्रञ्ज उल्फ पाउने पहिलो नेपाली स्काउट लिडर हुनुहुन्छ ।

 – रासस


ताजा खबर