चीनकी ज्येष्ठ नागरिकको १३५ वर्षमा निधन

चीनका सबैभन्दा ज्येष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ ।    

स्थानीय अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । 

उहाँको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उहाँ सन् २०१३ देखि देशको सबैभन्दा ज्येष्ठ नागरिक घोषित हुनुभएको थियो । 

निधन हुनु अगाडिसम्म पनि उहाँको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँ सधैँ हासी, खुसी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,” उहाँका एक आफन्तले भने । 

उहाँलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो । –रासस/सिन्ह्वा


ताजा खबर