नाचघरमा आज बाट एक साता ‘एक चिहान’ मन्चन हुने

उपन्यास ‘एक चिहान’लाई यही ३ पुषबाट रँगमञ्चमा हेर्न पाईने भएको छ।उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रुपान्तरण गरिएको छ।यसलाई रमेश बिजीले नाट्य रुपान्तरण गरेका हुन्।एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई फेरी मन्चन सुरु गर्दैछ।
एक चिहानको मञ्चन ३ पुष देखि ९ पुषसम्म हुँदैछ।मुलत विधार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो।यसलाई दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ।नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुने भएको छ।कक्षा १२ तथा स्नातकका विधार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ।

यो उपन्यासलाई नाटकको रुपमा अग्रज नाट्यकर्मी बीरेन्द्र हमालले निर्देशन गर्दैछन्।यतीबेला नाचघरमा एक चिहानको नाट्य अभ्यास भईरहेको छ। –रासस


ताजा खबर