वर्ल्डलिंकले भित्र्यायो ६०० एमबीपीएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ६०० एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ। यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुनेछ।
 
योसँगै वर्ल्डलिंकको इन्टरनेट स्पीड कम्तीमा १५० एमबीपीएस भएको छ।
 
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक १ हजार २०० रुपैयाँमा १५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउने भएका छन्। 

२२५ एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

साढे ५ लाख ग्राहकसँग जोडिएको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत इन्टरनेट स्पिड ८० एमबीपीएस पुगेको कम्पनीको दाबी छ।


ताजा खबर