एमसिसीसँग टि–ट्वान्टीमा नेपालको लज्जास्पद हार

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब(एमसिसी)ले नेपाली टोली (सिनियर र अण्डर १९ को मिश्रित)लाई टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पनि पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको एमसिसीले नेपाललाई १९० रनको लक्ष्य दिएको थियो। तर जवाफ ब्याटिङ गरेको नेपाल १३ ओभर १ बलमा ७६ रन बनाउँदा अलआउट हुन पुग्यो।

एमसिसीले आफ्नो इनिङमा ७ विकेट गुमाएर १८९ रन बनायो।

एमसिसीका विल गडलेम्यानले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए। नेपालका रसिद खानले ३ विकेट लिए भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहार र सशन भारीले १-१ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा नेपालका लागि रसिद खानले १८ रन बनाए भने सन्दिप जोराले १६, कुशल भुर्तेलले १४, भीम सार्कीले १३ रन बनाए।

त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

रासस


ताजा खबर