राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले माघ १२ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ ।

रिक्त हुन गइरहेका एक मनोनीत बाहेकका १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

एमालेका आठ, माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार, काँग्रेसका तीन र मनोनीत एक सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।


ताजा खबर