आज देशभर २८० जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर आज २ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

११ हजार ९ सय ९४ नमुनाको परीक्षण गर्दा २ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

आज ३ सय जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ९७ दशमलव ९ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

सङ्क्रमणका कारण आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ६५ पुगेको छ ।

यस्तै कोरोना विरुद्धको खोप अभियान लक्ष्य अनुसार सफल हुँदै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

हालसम्म ३० दशमलव ८ प्रतिशत नागरिकले पूर्ण मात्रामा र ३८ प्रतिशतले एक मात्रा खोप लगाइसकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । 

यस्तै १८ वर्ष माथि उमेर समूहका ५८ दशमलव ४ प्रतिशत नागरिकले  पहिलो मात्रा खोप लगाइसकेको बताउनुभयो । 

हालसम्म २ करोड ९ लाख ९५ हजार ५ सय ३६ मात्रा खोप लगाइएको डा. अधिकारीले जानकारी दिनुभयो । 


ताजा खबर