‘एक डलरमा ७० लाख मानिसको ज्यान जोगाउन सकिन्छ’

विश्व स्वास्थ्य सङ्गठन को प्रतिवेदनले प्रतिव्यक्ति प्रतिवर्ष एक डलर लगानी गरे गरिब देशहरूमा ७० लाख मानिसको ज्यान जोगाउन सकिने देखाएको छ । 

सन् २०३० सम्ममा अति कम तथा मध्यम आय भएका मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष एक डलर लगानी थप गरे गैर सरुवा रोगको उपचार र नियन्त्रणमा खर्च गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । जुन खर्चले ७० लाख जनासम्म नागरिकको ज्यान जोगाउन सकिने उल्लेख छ । 

विश्वभर हाल प्रति १० मृत्युमा सात जनाको मृत्यु गैर सरुवा रोगहरू जस्तै मुटु रोग, मधुमेह, क्यान्सर तथा श्वासप्रश्वास सम्बन्धी रोगहरूबाट हुने गरेको छ । अति कम आय भएका देशहरूमा यसको अनुमान गर्न नसकिने उल्लेख छ । कम आय भएका देशहरूमा गैर सरुवा रोगबाट ८५ प्रतिशत मृत्यु ३०–३९ उमेर समूहका नागरिकहरूको हुने गरेको छ । 

यी मृत्युलाई रोक्न सकिने डब्लुएचओले जनाएको छ । सो रकमबाट डब्लुएचओको प्रयास परीक्षण अभियानबाट सुर्तीजन्य पदार्थ, रक्सीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन सकिने तथा पोषण सुधार, शारीरिक गतिविधि बढाउँदै मुटुजन्य रोग, मधुमेह र ग्रीवाको क्यान्सर रोक्न सकिने प्रतिवेदनमा उल्लेख छ । 

डब्लुएचओले ’बेस्ट वाइ’ अभियानलाई बढाउँदै २०३० सम्म २३० बिलियन अमेरिकी डलरसमेत सञ्चित गर्न सकिने उल्लेख छ । 

प्रतिवेदनमा यो रकमको रणनीतिक लगानीले गरिब देशका नागरिकहरूको स्वास्थ्य तथा आर्थिक सुधार गर्न सकिने उल्लेख छ ।

एएनआई/रासस


ताजा खबर