‘मिस युनिभर्स २०२१’ को उपाधि भारतकी हरनाज सन्धूलाई

भारतकी हरनाज सन्धूले ‘मिस युनिभर्स २०२१’ को उपाधि जित्नुभएको छ । २१ वर्षपछि भारतीय सुन्दरीले यो उपाधि हात पार्नुभएको हो । यससँगै उहाँ मिस युनिभर्सको उपाधि जित्ने तेस्रो भारतीय सुन्दरी हुनुहुन्छ ।

हरनाज भन्दा पहिले लारा दत्तले सन् २००० मा र सुस्मिता सेनले सन् १९९४ मा भारतलाई मिस युनिभर्सको उपाधि जित्नुभएको थियो ।

७० औं मिस युनिभर्स प्रतियोगिता १२ डिसेम्बरमा इजरायलमा भएको थियो । हरनाजको यो जितमा लारा दत्त, प्रियंका चोपडालगायत धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर उनलाई बधाई दिनुभएको छ ।


ताजा खबर