कांग्रेसको १४औँ महाधिवेशन : देउवा १०८ मतले अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापतिका उम्मेद्वारको मत गणना जारी छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो मत परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँलाई अर्का प्रत्यासी डा शेखर कोइरालाले पछ्याइरहनुभएको छ ।

राष्ट्रिय सभागृहृमा भइरहेको मतगणनामा हालसम्म एक हजार १०० मत गणना भएको छ । सभापतिमा देउवाले ५२२ मत प्राप्त गर्नुभएको छ भने डा कोइरालालले ४१४ मत ल्याउनुभएको छ ।

त्यस्तै प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले १०५ र कल्याण गुरुङले ४ मत ल्याउनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो ।


ताजा खबर