देउवाद्वारा काँग्रेस सभापति पदका लागि उम्मेदवारी दर्ता

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

उहाँले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

This image has an empty alt attribute; its file name is PRO_KTM_PMDEUBA_UMMEDWARI-1-1024x641.jpg

उहाँ सभागृह पुग्दा उहाँका समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नुभएको थियो । उहाँको साथमा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुग्नुभएको थियो ।

काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता जारी रहेको छ । 

यसैगरी उपसभापतिमा दिव्यश्वरी शाह, महामन्त्रीमा डा प्रकाशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलले पनि मनोनयन दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


ताजा खबर