फाइजरको बुस्टर डोज ओमिक्रोन विरुद्ध प्रभावकारी

जर्मन कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना विरुद्धको खोपको बुस्टर डोज हालै भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‌ओमिक्रोनका लागि प्रभावकारी देखिएको छ ।

ओमिक्रोन संक्रमणबाट बच्न दुई मात्रा खोप मात्रै प्रभावकारी नहुन सक्ने तर बुस्टरका रुपमा तेस्रो मात्रा लगाएपछि भने थप प्रभावकारी रहेको कम्पनीले जनाएको छ ।

ओमिक्रोन यस पहिले देखिएका अन्य भेरियन्ट भन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ । साथै यसका थुप्रै म्युटेसनले खोपले प्रदान गर्ने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर रहेको छ ।

ओमिक्रोनका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन । हिजो प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले आफ्नो खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुने दावी गरेका छन् ।

कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् ।

खोप लगाएका मानिसहरूको रगतको सिरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धान अनुसार ओमिक्रोन विरुद्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा अर्थात् बुस्टर डोज आवश्यक भएको बताइएको हो । –रोयटर्स


ताजा खबर