विजयले जिते लक्ष्मी बैंक गल्फ उपाधि : नोर्बु शेर्पासँग काउन्ट ब्याकमा बाजी मारे

विजय श्रेष्ठले लक्ष्मी बैंक गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबका शनिबार एक ह्यान्डिक्यापका विजयले काउन्ट ब्याकका आधारमा उपाधि जितेका थिए । नोर्बु शेर्पासँग समान ३८ स्कोर गरेको विजयले काउन्ट ब्याकमा बाजी मारेका थिए । ब्याक नाइनमा विजयले २१ र नोर्बुले १९ स्कोर गरे । नोर्बु दोस्रा भए ।

टासी छिरिङले ३८ स्कोरसहित वेस्ट ग्रसको उपाधि जिते । ३९ स्कोर गरेकी देवश्री राणा महिलातर्फ विजयी बनिन् । ३७ स्कोर गरेका महेश विक्रम कार्कीले ६० वर्ष र सो भन्दा माथिको उमेर समूहको उपाधि जिते । सद्भाव आचार्य ३५ स्कोरका साथ जुनियर च्याम्पियन बने । आङ डेन्डी शेर्पाले गेस्टतर्फको उपाधि जिते । उनले ३७ स्को गरे ।

टासी छिरिङले लंगेस्ट ड्राइभ र नीरन्जन शर्माले क्लोजेस्ट टु द पिन उपाधि जिते । लक्ष्मी बैंकको प्रायोजन रहेको एक दिने गल्फ प्रतियोगितामा ९२ गल्फरको सहभागिता थियो । स्टेबल फोर्ड प्रणली ३/४ ह्यान्डिक्यापका साथ प्रतियोगिता सञ्चालन भएको थियो ।

लक्ष्मी बैंकका सिइओ अजयविक्रम शाह, डिपुटी सिइओ सुमेद भट्टराई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र गोकर्ण क्लबका कप्तान जोसेप नाथनले विजेता खेलाडीलाई पुरस्कृत गरे । लगातार छ वर्षदेखि गल्फ आयोजना गर्दै आएको लक्ष्मी बैंकले धरानमा आयोजना हुने बुढासुब्बा गोल्ड कपलाई पनि सह प्रायोजन गर्दै आएको छ ।

रासस


ताजा खबर