देशभरी थप २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि

देशभरी आज थप २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

८ हजार ६ सय १७ जनाको नमुना परिक्षण गर्दा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ३ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ८ प्रतिशत रहेको छ । 

आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभरी कोरोनाका ६ हजार ३ सय ८६ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । 

आज कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या १ लाख ६ हजार ६ सय १० रहेको छ । 

योसँगै अहिलेसम्म कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८७ लाख २५ हजार ७ सय ८५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

ताजा खबर