काँग्रेसको प्रदेश अधिवेशन जारी : बागमतीमा पुनः मतदान

नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा आज बागमती प्रदेशमा पुनः मतदान भएको छ । 

हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले कूल सदर मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि बढी मत प्राप्त गर्ने दुई उम्मेदवारी बिच आज पुनः निर्वाचन भएको हो । 

नेपाली काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । 

आजका निर्वाचनमा इन्द्रबहादुर बानियाँ र जगदीश्वर नरसिंह केसी निर्वाचनको प्रतिस्पर्धामा रहनुभएको छ । 

आज भएको मतदानमा कूल २ हजार १ सय ५२ मत मध्ये २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

बागमती प्रदेशमा आज पुनः भएको मतदान पछि अहिले मतगणना कार्य सुरु भएको बागमती प्रदेश निर्वाचन समितिका संयोजक केशव काफ्लेले जानकारी दिनुभयो  । 

सभापतिको आजै अबेर रातीसम्म परिणाम आउने र अन्य पदाधिकारी तथा सदस्यहरूको मतगणना भोलि बिहान ९ बजेबाट सुरु गरिने पनि संयोजक काफ्लेले बताउनुभयो । 

यसैबिच हिजो भएको मतदानमा सुदूर पश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर नेतृत्वको प्यानल विजयी भएको छ भने कर्णाली प्रदेशमा ललितजङ्ग शाही नेतृत्वको समूह विजयी भएको छ । 

यसैगरी गण्डकी प्रदेशमा शुक्रराज शर्मा नेतृत्वको समूह विजयी भएको छ । 

प्रदेश नं. १ र लुम्बिनी प्रदेशको भने अहिले मतगणना जारी रहेको छ । 


ताजा खबर