छिमेकी मुलुक भारतमा पनि भेटियो ओमिक्रोन

छिमेकी मुलुक भारतमा पनि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

कर्नाटक राज्यमा दक्षिण अफ्रिकाबाट फर्किएका दुई भारतीय नागरिकमा ओमिक्रोन पुष्टि भएको हो ।

बिहीबार स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले भारटमा ओमिक्रोन संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितको उमेर ६६ र ४६ वर्ष रहेको छ ।

संक्रमितसँग सम्पर्क भएका व्यक्तिहरुको पहिचान गरेर संक्रमण भए नभएको परीक्षण भइरहेको छ । –एएनआई


ताजा खबर