बालुवाटारमा सीमा विवादबारे छलफलका लागि सर्वपक्षीय बैठक : नेताहरुको एक स्वर, कालापानी हाम्रो हो

काठमाडौँ, कात्तिक २३ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाउनुभएको सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न थाल्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा शनिबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह साढे चारबजेबाट बैठक सुरु भएको हो ।2019-11-09-3931बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित पूर्वपरराष्ट्र मन्त्रीहरुको सहभागिता रहेको छ । त्यसैगरी, पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, माधव कुमार नेपाल, झलनाथ खनालको उपस्थिति रहेको छ । त्यसैगरी, बैठकमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र महेन्द्र यादब, पूर्व परराष्ट्रमन्त्री कमल थापा, भेषबहादुर थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वांग लगायतको उपस्थिति रहेको छ । सर्वपक्षीय बैठकमा रमेशनाथ पाण्डे, प्रकाश चन्द्र लोहनी, भैरव रिसाल, प्रेम सुवाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विषय प्रवेश गराउनुभएको छ । ज्ञवालीले भने दिपक्षीय संयन्त्र मार्फत् सीमा विवाद सुल्झाउन प्रयासरत रहँदा आएको विवाद निरुपण गर्न आवश्यक कुटनीतिक कदम चाल्ने बताउनुभयो ।

कालापानी क्षेत्रलाई समेटेर भारतीय पक्षले राजनीतिक नक्शा सार्वजनिक गरेपछि त्यसबिरुद्ध नेपालमा प्रदर्शन हुँदैआएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताइसकेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति देउवाले बिहीबार काठमाडौँस्थित भारतीय राजदूतलाई फोनमार्फत् कालापानी र लिपुलेक नेपालको भूमि भएको बताउनुभएको थियो । उहाँले मुलुकको साझा मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो


ताजा खबर