प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था स्थिर

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था स्थिर रहेको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालले जनाएको छ ।

प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डा. प्रविन नेपालले जानकारी दिनुभयो ।

जबरा कोरोना पोजेटिभ र निमोनियासमेत भएर सोमबार साँझ अस्पताल भर्ना हुनुभएको थियो ।

डा. नेपालका अनुसार उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।


ताजा खबर