२ सय ५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

आज देशभर २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

६ हजार ४ सय ६९ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय ५६ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

संक्रमण कारण आज थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २६ पुगेको छ ।

हाल देशभर ६ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।


ताजा खबर