आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

 आज देशभर २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

९ हजार ८ सय ८८ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज संक्रमित २ सय ६४ जना निको भएका छन् । हालसम्म कूल सङ्क्रमितको ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ । 

सङ्क्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ हजार ५ सय २४ जनाको मृत्यु भइसकेको छ ।  


ताजा खबर