आइसिसी टी–ट्वान्टी विश्वकप छनोटमा हङकङ बिजयि

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङ विरुद्ध ६ विकेटको पराजय भोगेको छ ।

दुबईको आइसिसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्‍यो । यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन जोडेको थियो ।

नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । इन्दु बर्माले अविजित ३१ रन जोडिन् । नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारे । नेपालले दोस्रो खेल भुटानविरुद्ध मङ्गलवार खेल्नेछ ।

त्यसैगरी तेस्रो खेल बिहीबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रवार तथा पाँचौँ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।


ताजा खबर