आज देशभर ३ सय ८५ जनामा कोरोना संक्रमण

आज देशभर ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१२ हजार ६ सय ९७ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय ५८ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

कोरोना संक्रमण कारण आज थप ४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय पुगेको छ ।

हाल देशभर ७ हजार २ सय ६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


ताजा खबर